काठमाडौँ :
पल शाहको बुधबारको पेशी स्थगित भएको छ। बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता शाहको बुधबारको पेशी पलकै वकिलको आग्रहमा स्थगित गरिएको नवलपुर जिल्ला अदालतले जनाएको छ ।
अदालतका सूचना अधिकारी लाल बहाहुर क्षेत्रीका अनुसार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा पेशी तोकिए पनि स्थगितका लागि निवेदन परेपछि स्थगित गरिएको बताए ।
उनका अनुसार पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो।