आफ्नो फिल्मी ‘लाल सिंह चढ्ढा’ले बक्स अफिसमा खराब प्रदर्शन गरेपछि आमिर खेल्न चाहेनन् गुलशन कुमारको बायोपिक — OSNepal

आफ्नो फिल्मी ‘लाल सिंह चढ्ढा’ले बक्स अफिसमा खराब प्रदर्शन गरेपछि आमिर खेल्न चाहेनन् गुलशन कुमारको बायोपिक

LC (KTM) August 24, 2022 0

मुम्बई, ८ भदौ:

कुनै समय हिन्दी फिल्ममा अभिनेता बन्न आएका र त्यसपछि देशको सबैभन्दा ठूलो फिल्म तथा म्युजिक कम्पनी टी सिरिज स्थापित गर्ने गुलशन कुमारको बायोपिक ‘मुगल’ बन्द भएको छ ।

फिल्मको पटकथालाई लिएर निर्देशक तथा टी सिरिजबीच भएको असमझदारीका कारण फिल्ममा गुलशन कुमारको भूमिका निभाउने तयारीमा रहेका आमिर खानले पनि फिल्मबाट हात झिकेका छन् । आफूअभिनित फिल्म ‘लाल सिंह चढ्ढा’ले बक्स अफिसमा खराब प्रदर्शन गरेपछि आमिर गुलशनको बायोपिकबाट पछि हटेका हुन् ।

यो फिल्मको निर्देशनको जिम्मेवारी पाएका निर्देशक सुभाष कपुरले आगामी फिल्म ‘जोली एलएलबी ३’ को तयारी सुरु गरिसकेका छन् । वर्षको सुरुवातमै टी सिरिजका संस्थापक गुलशनको बायोपिक बन्ने खबरले बलिउडमा राम्रो चर्चा पाएको थियो ।

यो फिल्म पाँच वर्षअघि अक्षय कुमारलाई लिएर निर्माणको तयारी भएको थियो । तर निर्माता र अक्षयबीच खटपट भएपछि आमिरले यो फिल्ममा अभिनय गर्न सहमति जनाए । आमिर ‘लाल सिंह चढ्ढा’को काम सकिएपछि फिल्म ‘मुगल’ मा जोडिने योजनामा थिए । तर टी सिरिजले यसको सुटिङ अनिश्चितकालका लागि रोकेको छ । फिल्मको मुनाफा बाँडफाँटका विषयमा अक्षय र गुलसनका छोरा भूषणबीच सहमति नभएपछि अक्षयले फिल्ममा काम गर्न अस्वीकार गरेका थिए ।
महोत्तरीको बर्दिबास नगरपालिका–२ हङकङ डाँडामा गएराती मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन । उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा उनको मृत्यु भएको हो ।

गएराती सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

फरार रहेको मोटरसाइकलमा पछाडी सवार महोत्तरीको गौशाला नगरपालिका–१ का २४ वर्षीय अशोक राउतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

दुर्घटना पश्चात मोटरसाइकल लिएर फरार रहेका दुई जनाको भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर