मनाङको नाचैमा खाद्य सङ्कट, १ सय ८२ नागरिकलाई छाक टार्नै समस्या — OSNepal

मनाङको नाचैमा खाद्य सङ्कट, १ सय ८२ नागरिकलाई छाक टार्नै समस्या

LC (KTM) June 23, 2021 0

मनाङ- मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ । असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्कट आएको हो । नाचैमा खाद्य सङ्कटका कारण १ सय ८२ नागरिकलाई छाक टार्ने समस्या भएको छ । गत मङ्गलबार परेको वर्षासँगै मस्र्याङ्दीमा आएको बाढीपहिरोले नासो गाउँपालिकाको वडा नम्बर २ नाचै बाहेक आठै वडा पूर्णरुपमा क्षति पु¥याएको छ ।

बाढीपहिरो पीडितका लागि त विभिन्न निकायबाट खाद्यान्नको व्यवस्था भइरहेको छ । तर, सुरक्षित रहेको नाचैका नागरिक बाढीपहिरो होइन खाद्यान्न पीडित हुन पुगेको वडा नम्बर – २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “छिमेकी वडाहरु बाढीपहिराले क्षतिग्रस्त छन्, एक स्थानबाट अर्को स्थानमा जान सम्भव नै छैन, नाचैका नागरिक नाचैमा मात्र सीमित छ, दैनिक उपभोग्य वस्तुसामग्री ढुवानी गर्न पाएको छैन, भएको खाद्यान्न सकिदै गयो, नाचै खाद्य संकटमा प¥यो ।”खाद्यान्न ढुवानीका लागि वर्षाले बाटोघाटो प्रभावित हुँदा नाचै क्षेत्रका बासिन्दा अहिले खाद्य सङ्कटको चपेटामा परेका हुन् । हातमा पैसा हुँदासमेत यहाँका नागरिकले खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर