काठमाडौं :
आफ्नो असहज परिस्थितीमा पनि मानिस काम गर्न र चाहना नहुँदा नहुँदै पनि काममा बाहिर हिँड्न बाध्य हुन्छन् ।
अझ सुत्केरी र गर्भवती महिलाहरु आफ्नो विषम परिस्थितीमा भर्खरै जन्मेका सन्तानलाई नै बोकेर काममा हिँड्नु परे के हुन्छ रु भारतमा हालै एउटा भिडियो भाइरल बनिरहेको छ ।
जसमा एक सुत्केरी महिलाले काखको बच्चा र अर्को ६ वर्षको बच्चा च्यापेर सामान डेलीभरी गरिरहेको भिडियो भायरल बनिरहेको छ ।
निकै सोझी र इमान्दरा ति महिलाले स्कुटरमा आफ्ना दुई बच्चा र सामान डेलीभरी एकसाथ गर्दै आइरहेकी छिन् । कमजोर आर्थिक अवस्थाका कारण ति महिलाले बच्चाहरुलार्य स्कुल पढाउन नसकेर काम गर्नु परेको बताउँछिन् ।
घरबाट सहयोग नभएपछि उनले आफ्ना दुई नाबालक सन्तानलाई नै बोकेर काममा निस्किन बाध्य हुनु आँफैमा दुखद पक्ष भएको त्यहाँका अधिकारकर्मीहरुले बताएका छन् ।
उनको कम्पनीका मालिकले बच्चाहरुलाई पढाइदिने ब्यबस्था गर्ने समेत वचन दिएका छन् ।