काठमाडौं ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
कानुन निर्माण लगायतका दिर्घकालिन महत्वका विषयमा सरकारले प्रतिपक्षीसँग कुनै सल्लाह नै नगरी निणर्य गरेको भन्दै अशन्तुष्टि जनाएको एमालेका अध्यक्ष अोली प्रधानमन्त्री निवास आफै पुगेका हुन् ।
यिनै विषयमा कुरा गर्न ओली बालुवाटार पुगेको स्रोतले जनाएको छ ।