विष्णु पौडेलको प्रश्न : महाभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ किन ? — OSNepal

विष्णु पौडेलको प्रश्न : महाभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ किन ?

LC (KTM) August 23, 2022 0

काठमाडौं ७ भदौ । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइमाथि प्रश्न गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा एमालेका सांसद विष्णु पौडेलले महाभियोग प्रस्तावमाथि छलफल गर्न ढिला प्रति प्रश्न उठाएका हुन् ।

महाभियोग प्रस्ताव दर्ता हुँदा सदन नचले १५ दिनभित्र सदन बोलाउनु पर्ने र सदन चले ३ दिनभित्र महाभियोग प्रस्तावमा छलफल गर्नु पर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै उनले विरोध जनाएका हुन् ।

हाभियोग पारित गर्न ल्याइएको हो कि केवल प्रस्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित पार्न खोजिएको हो ? नेता पौडलले प्रश्न गरे ।

नेता पौडेलले संघ र प्रदेश तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा समितिलाई तीन महिनाका लागि समय दिए पनि छानबिन गर्न कठिनाइ हुन सक्ने बताए ।

छलफलमा ढिलाइ गर्नुका कारणबारे जवाफ नपाएसम्म सिफारिस समितिका सदस्यहरूले प्रभावकारी ढंगले काम गर्न नसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर