काठमाडौं ७ भदौ । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसमा पार्टीले जित्ने सम्भावना नभएको दावी गरेका छन् ।
आफ्नो अन्य दल भन्दा कमजोर नभएको दावी गरेका उनले मधेसका हरेक क्षेत्रमा एमालेले जित्ने सम्भावना रहेको बताएका छन् ।
‘हामी एक जुट भयौं भने तराई–मधेसमा एउटा क्षेत्र पनि हामी नजित्ने र नजित्नुपर्ने खालका छैनन् ’ओलीले भने ।
एमालेविरुद्ध पहाडमा जनजाति र दलित तथा मधेसमा थारु, मधेसी र मुस्लिमविरोधी भएको भ्रम छरिएको बताएका उनले मधेसको बोलीचाली ‘रफ’ हुने बताए ।
एमालेले तराई मधेसतिर के देख्छु भने बोलीचाली रफ गर्ने, अलिक भद्दा खालको बोल्ने, हप्काउने धप्काउने काम गर्ने गर्छ ओलीले भने ।
पार्टीको नीतिलाई सबै कार्यकर्ताले मान्नुपर्ने बताएका उनले एमालेले नम्र व्यवहार गर्ने बताए ।