काठमाडौं ७ भदौ । आज बसेको सत्ता गठवन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँडको विषयमा बसेको बैठक विना निष्कर्ष सकिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठक अब फेरि बिहिबार बस्ने भएको छ ।
बैठकमा काँग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र कार्यदल संयोजक सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता रकम चेमजंग तथा जनमोर्चाबाट महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरी सहभागी भएका थिए ।
ठोस सहमति जुट्न नसकेकाले बिहीबार पुनः बस्ने गरी बैठक स्थगित भएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार भदौ ९ गतेभित्रसिट बाँडफाँट टुंग्याउने सहमति शीर्ष तहमा भएको छ ।