काठमाडौं ७ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनविरूद्ध एक्लै चुनाव फेस गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले एक्लै चुनाव लड्ने गरी तयारी थाल्न नेताहरुलाई निर्देशन दिँदै कसैसँग मिल्न र कसैलाई भित्र्याउन पनि नजाने अडान लिए ।
एमालेको चुनावी एजेण्डा राष्ट्रियता र विकासको नारा भएको बताएका उनले वर्तमान सरकार र सत्ता गठबन्धनबाट मुलुकको विकास र समृद्धि सम्भव नभएकोमा जनतालाई स्पष्ट गर्नुपर्ने बताए ।