नेपालमा विवाह गरिसकेपछि अंश पाउने अधिकार हुने भएकाले अंश पाउन मात्रै विवाह गरेको होकि हेरेर मात्र नागरिकता दिनुपर्छ : ओली — OSNepal

नेपालमा विवाह गरिसकेपछि अंश पाउने अधिकार हुने भएकाले अंश पाउन मात्रै विवाह गरेको होकि हेरेर मात्र नागरिकता दिनुपर्छ : ओली

LC (KTM) August 23, 2022 0

काठमाडौ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिँदा विवाह टिक्छ कि टिक्दैन भनेर हेर्नुपर्ने बताएका छन् ।

विवाह गरे विवाहको जग्गेमा नै वैवाहिक अंगीकृत नागरिकता दिन नहुने भन्दै अध्यक्ष ओलीले नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुने भएकाले अंश पाउन मात्रै विवाह गरेको छ कि ? यस्तो कुराहरू हेर्नुपर्ने बताए ।

‘वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो पाउने वित्तिकै जग्गेमा त दिने होइनन् । अलिक समय हेर्ने पर्‍यो त्यो साँच्चै हो कि होइन, विवाह टिक्छ कि टिक्दैन’ ओलीले भने ।

नेपाली नागरिक र उनका सन्तानले नागरिकताबाट बञ्चित हुन नहुने बताएका ओलीले मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सो बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर