जीनत अमान आफ्नो जमानाकी सुन्दर बलिउड कलाकार थिइन् । हिन्दी फिल्मकी नायिकाको छवि नै परिवर्तन गर्ने नायिका हुन् उनी । उनी आधुनिक, खुला विचारधारी थिइन् र फिल्मको पर्दामा उग्र रूपमा एक्सपोज गर्ने गर्थिन् । सबै उनको रेशमी कपालको लागि पागल थिए। चाहे त्यो आजको युगको होस् वा ७० को दशकको ।
हो, यहि जीनत अमानको सुन्दरता थियो कि अभिषेक बच्चन पनि उनको प्रेममा पागल बनेका थिए । जब जीनत आफ्नो करियर को शीर्ष स्थानमा रहेकी थिईन् । त्यो समयमा अभिषेक बच्चन उमेरमा निकै सानै थिए तर जीनत अमानको सुन्दरताले उनको टाउको खलबलिएको थियो । अमिताभ बच्चन र जीनत अमानको फिल्म ‘महान’ को छायांकन लगभग सकिएको थियो । फाइनल शेड्युलको छायांकन नेपालको राजधानी काठमाडौंमा चलिरहेको थियो ।
स्कूल बिदामा अभिषेक पापाको फिल्म महानको सुटिङ हेर्न काठमाडौं आएका थिए । सुटिङका क्रममा बच्चन परिवार पनि यहा आईपुगेका थिए । त्यतिबेला अमिताभ बच्चनका छोरा अभिषेक बच्चन मात्र ५ वर्षका थिए । यहाँ सुटिङका क्रममा सेटमा उनको जीनत अमानसँग राम्रो मित्रता भयो । अनि उनी जीनतसँग पूरा समय खेल्थे। एक दिन जब जीनत अमान डिनर गरेर आफ्नो कोठातर्फ जान लागेकी थिईन् तब अभिषेक बच्चनले ५ वर्षीया प्यारीसँग कोसँग सुत्ने भनेर जान्न चाहे ।
यस्तो अवस्थामा जब उनलाई थाहा भयो कि जीनत अमान एक्लै सुत्दैछिन् । यो सुनेर अभिषेक निकै छक्क परेका थिए । अभिषेकले निर्दोष भएर जीनतलाई सोधे– के म तिमीसँग सुत्न सक्छु ? जीनतले पनि ठट्टा गर्दै जवाफ दिइन– ठूलो भए पछि है । ५ वर्षको उमेरमा अभिषेक बच्चन विवाह गर्न चाहन्थे र विवाहका लागि उनको रोजाइ पापाकी हिरोइन जीनत अमान थिइन् । सानो अभिषेकको मन पापाको हिरोइनमा परेको थियो । अभिषेक २८ वर्षीया जीनतसँग प्रेममा परेका थिए । आज पनि अभिषेक आफ्नो पहिलो प्रेम जीनत अमान भएको बताउँछन् । जीनत अमानले नै उनलाई प्रेम भन्ने चिजसँग परिचय गराएकी थिइन्।