पेचिलो बन्दै सत्ता गठवन्धनको सिट बाँडफाँडको विषय , के आज बस्ने बैठकले टुंग्गो लगाउला ? — OSNepal

पेचिलो बन्दै सत्ता गठवन्धनको सिट बाँडफाँडको विषय , के आज बस्ने बैठकले टुंग्गो लगाउला ?

LC (KTM) August 23, 2022 0

काठमाडौं ७ भदौ । पेचिलो बन्दै गएको सत्ता गठवन्धनको सिट बाँडफाँडले आज टुंगो पाउला या नपाउला यो विषयले गठवन्धका शिर्ष नेताहरुलाई टाउको खाएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसले आफुलाई ९० सिट चाहिन्छ भन्दै गर्दा अन्य अन्य दलमा भने सकस पर्दै आएको छ । निरन्तर बस्दै आएको गठवन्धनको बैठकले आज पनि निरन्तरता पाउने भएको छ ।

अहिले दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिट बाँडफाँडको टुंग्गो लगाउन बैठक बस्ने तयारी भइरहेको छ ।

भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने शीर्ष नेताहरुको भएपनि नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला नेतृत्वको बनेको सिट बाँडफाँट कार्यदलले समेत सिट बाडफाँडको गुंग्यो लगाउन सकेको छेन ।

आज बस्ने बैठकमा उक्त कार्यदलसहित शीर्ष नेताहरुको सहभागिता हुने भएको छ । यही मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर