काठमाडौं ७ भदौ । नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी परेको छ । नेपाल कम्युनिस्ट पार्टी विप्लवसहित ४ पार्टीले संयुक्त रुपमा गरेको नेपाल बन्दले यति बेला बनेपा तनावग्रस्त बनेको छ ।
बन्द गराउँदै सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरी बिच घम्साघम्सी हुँदा बनेपा तनावग्रस्त बनेको हो । सोही क्रममा केहि बन्दकर्ता पक्राउ परेका छन् । उपत्यकामा यसको प्रभाव सामान्य रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कणर्जितले संयुक्त विज्ञप्ति निकालेर आज मंगलबार नेपाल बन्दको घोषणा गरेका हुन् ।