काठमाडौं :
चर्चित निर्माता निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन परेको छ ।जन्मदिनको अवसरमा बिहानैदेखि दीपालाई शुभचिन्तक, साथीभाई र आफन्तले शुभकामना दिइरहेका छन् ।
यसैबिच दीपका नजिकको साथि तथा सहकर्मी कलाकार दीपकराज गिरीले दीपाश्री निरौलालाई शुभकामना सन्ज्देश ब्यक्त गर्दै दीपको जन्मदिन त आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन् ।
कलाकार तथा निर्देशक निरौलालाई जन्मदिनको शुभकामना दिँदै गिरीले दीपासँगको सहकार्यको ३० वर्षा पुगेको स्मरण गर्दै दीपकले उनीसँगको सहकार्यले नै आफू दर्शकमाझ चर्चित बनेको बताएका छन् ।
उनले टेलिभिजनको सानो पर्दादेखि सिनेमासम्म दीपाको साथले यात्रा सहज भएको स्मरण गर्दै शुभकामना व्यक्त गरेका छन् ।
दीपक दिपको हसकार्यमा पछिल्लो समय उनीहरुले छक्का पञ्जाको सिक्वेल निर्माण गरिहेका छन् । हाल यो टिमले छक्का पञ्जा ४ निर्माण गरिरहेको छ ।
दीपकले शुभकामना दिँदै दीपालाई लेखेको स्टाटस यस्तो छ
हरेक बर्ष झै आजको दिन मलाइ कसै संग शब्दहरू सापटी माग्न मन लाग्छ
किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् !
मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम कुंदिएको छ
हेर्दा हेर्दै ३० बर्ष पनि बितेछ !
तिमि धनियॉ बनेर आएकि थियौ र त
रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो !
टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ!
म जस्तो अब्बहारिक मानिशलाइ जीबन सिकाउने तिमि थियौ
आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशि हुने मान्छे पनि तिमि थियौ !!
समाजका तीता प्रश्नहरूको पिडालाइ झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ !!
यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र?
त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन , मेरो जस्तो लाग्छ
ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ …
आफ्नो ऑखामा ऑशुको भारी बोकेर अरूको ऑशु पुस्ने
यस्तो अनमोल साथिलाइ जन्मदिनको लाखौ शुभकामना!!!