बौद्धमा मानव खुट्टा फेला प्रकरण : महिलाको भएको पुष्टि — OSNepal

बौद्धमा मानव खुट्टा फेला प्रकरण : महिलाको भएको पुष्टि

LC (KTM) June 23, 2021 0

काठमाडौं । गत जेठ २५ गते काठमाडौं महानगरपालिका–१० बौद्ध, नयाँबस्तीस्थित नौतलेमा एउटा काटेर फालिएको जलेको मानव खुट्टा कसको हो भन्ने अझै खुल्न सकेको छैन । १५ दिन विते पनि प्रहरीले फेलापरेको खुट्टा कस्को भनेर पत्ता लगाउन सकेको छैन ।

प्रहरीले ७७ वटै जिल्लाका प्रहरी इकाइलाई हराएका व्यक्तिको खोजीसूचीका लागि परिपत्र गरे नतिजा नआएपछि अनुसन्धानलाई थप नयाँ मोड दिएको छ । प्रहरीले हराएका व्यक्ति पत्ता लाग्न नसके पछि किन हत्या गरियो भन्नेतर्फ अनुसन्धान केन्द्रित गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरिक्षक नवीन कार्कीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार खुट्टाको नलीहाड झिकिएको अवस्थामा फेला परेको थियो ।

कतिपय लामागुरुहरुले तान्त्रिक विधि प्रयोग गर्ने मुख्य सामग्रीमध्ये मुख्य मानिने कङलिङ ९मानिसको खुट्टाको नलिहाडबाट बनाइएको० बनाउने प्रचलन रहेको बताइन्छ । केही समुदायको मृत्यु संस्कारमा कङलिङको प्रयोग लामाले अनिवार्य गर्नु पर्ने हुन्छ । प्रहरीले नलीहाड झिकिएको अवस्थामा खुट्टा भेटिएपछि अनुसन्धानलाई समेत गुम्वातर्फ मोडेको जनाएको छ ।यो खरब आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

शव भएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले नलीहाड झिकिएको र २० वर्षभन्दा माथिको वयस्क महिलाको भएको उल्लेख गरेको छ । तर शिक्षण अस्पताल महाराजगन्जले डीएनए रिपोर्ट तयार गर्न समय लगाएपछि प्रहरीले अनुसान्धानलाई अगाडि बडाउन समय लागेको जनाउदै थप विवरण अनुसन्धानका क्रममा भएकाले खुलाउन नमिल्ने समेत जनाएको छ । शव हत्या गरी जलाइएको की जलाएर हत्या गरिएको भन्ने स्पष्ट हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर