काठमाडौं ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धमा घाइते भएकाहरु आफ्नो पार्टीमा आए निशुल्क उपचार गरिने बताएका छन् ।
घाइते भएका लडाकुलाई एमाले केन्द्रीय कार्यालयमा आउन आग्रह गरेका ओलीले भने , ‘जनयुद्धमा घाइते भएका लडाकुहरु एमालेको केन्द्रीय कार्यालयमा आउनुस्,हामी उपचार गरिदिन्छौं ।’
प्रचण्डलाई कसरी प्रधानमन्त्री बन्ने भन्ने मात्र लोभ भएको भन्दै ओलीले प्रचण्डको प्रधानमन्त्री बन्नेबाहेक प्रचण्डको अर्को उद्देश्य नभएको बताए ।
गोली लागेका घाइते र लडाकुको बेवास्ता गरेका प्रचण्ड जनयुद्धका लडाकु र घाइतेको व्यवस्थापनमा भन्दा परिवारको व्यवस्थापनमा लागेको ओलीले टिप्पणी गरे ।
प्रचण्डले आफ्ना सात पुस्ता वरपरका मानिसहरुलाई यूरिया हालेजस्ता हरिया बनाएको ओलीको तर्क रहेको छ ।