काठमाडौं ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई सम्हालिएर व्यवहार गर्न आग्रह गरेका छन् ।
कानुनमन्त्री गोविन्द बन्दीतर्फ संकेत गर्दै ओलीले कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरेको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाएका हुन् ।
हिरो हुने नाममा पीडितहरुमाथि दमन गरियो भने यस्ता विधेयक च्यातेर फालिन्छ ओलीले भने ।
एउटा चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुनका लागि कसैले नगरेको मैले सकेँ भनेर पीडितहरुमाथि बदजफ्ती गर्ने ? भन्दै प्रश्न गरेका ओलीले अघि भने , ‘मनपरी ढंगले विधेयक ल्याएको छ । बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरु च्यातेर फालिन्छ ।’
पीडितहरुको आँसुमा खेलबाड गर्न, अझ पीडा थप्न शान्ति प्रक्रिया होइन भनेका ओलीले आफ्ना लागि टुंगियो भनेर हुन्छ ? देशका र जनताका लागि टुंग्याउनु पर्दैन ? पर्दैन भनेर प्रश्न गरे ।