सहकर्मीले धोका दिएको भन्दै यी महिलाले छोडीदिइन् जागिर — OSNepal

सहकर्मीले धोका दिएको भन्दै यी महिलाले छोडीदिइन् जागिर

LC (KTM) August 22, 2022 0

काठमाडौं ।

विवाहमा ६ दर्जन बढी सहकर्मीमध्ये एकजना मात्रै आएको भन्दै एक महिलाले जागिरै छोडेर बसेकी छिन् । खबर हो चीनको ।

ति महिलाले आफ्नो जिन्दगीको सबैभन्दा खुशीको क्षणमा पनि आफ्ना सहकर्मीले आफूलाई अपमानित गरेको भन्दै उनले उक्त कार्यालयको जागिर छाडेको उल्लेख गरेकी छिन् ।

नाम नखुलाइएकी ती महिला विगत पाँच वर्षदेखि त्यहि कम्पनीमा काम गर्दै आएकी थिइन् र उनीहरु सबैसँग राम्रो सम्बन्ध भएको ठानेका कारण उनको चित्त एकदम दुखेको भन्दै उनले तत्कालै जागिर छाडिदिएकी हुन् ।

ती महिलालाई आफ्ना सहकर्मीको उपस्थितिमाथि पूर्ण विश्वास भएको भएता पनि उनीहरुले घात गरेका कारण उनले सामाजिक संजालमार्फत चिन्ता ब्यक्त गरेकी छिन् ।

आफ्ना सहकर्मीका लागि ६ वटा टेबलसमेत बुक गरेर राखेकी उनले दुखी हुँदै लेखेकी छिन् ‘मैले सबै पाहुना विशेषगरी मेरो श्रीमानको परिवारको अगाडि लज्जित महसुस गरेँ । मैले दिनभरी टाउको उठाउन सकिनँ ।’ विबाह सकिए लगत्तै उनले तत्कालै राजीनामा दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर