काठमाडौं ६ भदौ । आगामी निर्वाचनमा उम्मेदवारहरुले विदेशी नम्बर प्लेटको भएको सवारी प्रयोग गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा ‘बढीमा दुईवटा दुई पाङ्ग्रे, वा तीनपाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति नदिइने जनाएको छ ।
भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित आयोगले सो प्रस्ताव ल्याएको हो ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचन हुने भएको छ ।