बार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी निर्वाचनमा सहभागी नगराइने — OSNepal

बार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी निर्वाचनमा सहभागी नगराइने

LC (KTM) August 22, 2022 0

काठमाडौं ६ भदौ । निर्वाचन आयोगले बार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी निर्वाचनमा सहभागी नगराउने भएको छ ।

आयोगमा ११६ वटा राजनीतिक दल दर्ता भएपनि आगामी निर्वाचनको लागि भने ८४ वटा राजनीतिक दलले मात्रै दल दर्ता गरेका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताए अनुसार वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागि नगराइनुका साथै दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरणको अडिट रिपोर्ट पनि अनिवार्य बुझाउनुपर्ने बताए ।

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर