अन्डरग्राउण्ड पार्किङमा सञ्चालन हुँदै आएका पसल महानगरले भत्कायो — OSNepal

अन्डरग्राउण्ड पार्किङमा सञ्चालन हुँदै आएका पसल महानगरले भत्कायो

LC (KTM) August 22, 2022 0

काठमाडौं ६ भदौ । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङमा सञ्चालन हुँदै आएका पसल तथा अन्य संरचना भत्काउन सुरु गरेको छ ।

महानगरले आज नेपाल प्रहरीको सहयोगमा नयाँ बानेश्वर चोक क्षेत्रमा कम्प्लेक्सलगायत त्यस वरपर क्षेत्रका व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर त्यस्ता संरचना भत्काएको हो ।

मेयर बालेन्द्र साह पसल हटाउन भन्दै आफै बानेश्वर क्षेत्र अनुगमन गर्न पुगेका थिए । यस भन्दा अघि नै महानगरले ३५ सुचना जारी गरी खाली गर्न आग्रह गरेको थियो ।

उक्त म्याद आइतबार सकिएपछि नयाँ बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर साह आफैं त्यहाँ पुगेका हुन् । महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् ।

अनुगमनका क्रममा प्रायस् सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर