अब आइपिओ भर्दा पाँच रुपैयाँ मात्र सी-आस्बा शुल्क लाग्ने — OSNepal

अब आइपिओ भर्दा पाँच रुपैयाँ मात्र सी-आस्बा शुल्क लाग्ने

LC (KTM) August 22, 2022 0

काठमाडौं, ६ भदौ -आइपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रुपैयाँ मात्र लाग्ने भएको छ । हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको छ ।

सेयर भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ । अब यसरी सी-आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ ।

नेपाल स्टक एक्स्चेन्जले राजधानीमा आयोजना गरेको डेरिभेटिभ्स बजारको सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा  g]पाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुल्क अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउनेगरी व्यवस्था गर्नेबारे छलफल भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर