मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढ्यो , सतर्क रहन आग्रह — OSNepal

मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढ्यो , सतर्क रहन आग्रह

LC (KTM) June 22, 2021 0

मनाङ, ८ असार- मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ ।चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने- सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

अन्तरराष्ट्रियतर्फ पनि नियमित हवाई उडान सङख्या थप गर्ने निर्णय भएको छ । काठमाडौँ–दोहा गन्तव्यमा दुबै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन । काठमाडौँ–स्तानबुलमा साताको दुई, काठमाडौँ–दुबईमा सातामा चार उडान हुने जनाइएको छ । काठमाडौँ–दमाम गन्तव्यमा दुई, काठमाडौँ–कुवेतमा साताको दुई , काठमाडौँ–मस्कटमा साताको एक र मलेसियामा साताको चार उडान सञ्चालन गरिनेछ । त्यस्तै दक्षिण कोरिया र जापानमा समान एक उडान तथा काठमाडौँ–छेन्दु र ग्वाङजाओ गन्तव्यमा साताको समान एक–एक उडान सञ्चालन हुनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर