डाक्टर सुवर्ण पौडेल भन्छन् 'मेदान्त आर्युवेदमा आउनुहोस् र निशुल्क स्वास्थ्य परिक्षण गर्नुहोस्' — OSNepal

डाक्टर सुवर्ण पौडेल भन्छन् ‘मेदान्त आर्युवेदमा आउनुहोस् र निशुल्क स्वास्थ्य परिक्षण गर्नुहोस्’

LC (KTM) August 21, 2022 0

काठमाडौँ ।

मेदान्त आर्युवेद हेल्थ होमको वार्षिक उत्सबको अवसरमा ५ दिने निशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ ।

२०७६ सालमा काठमाडौँको कलंकीमा स्थापना भएको मेदान्तले ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेका बेला जनस्तरमा नै राम्रो छाप छोड्न सफल भएका बेला भदौ ६ गतेबाट निशुल्क स्वास्थ्य परिक्षण सुरु गर्न लागिएको हो ।

मेदान्त आर्युवेद हेल्थ होमका संचालक तथा डाक्टर सुवर्ण पौडेलका अनुसार ५ दिने निशुल्क स्वास्थ्य परिक्षणको समयमा मलद्धारमा देखिएको समस्या, मलद्धार चिलाउने, पाइल्स, फिस्टुला, फिसर, छाला , सौन्दर्य लगायतका समस्याहरुको उपाचार गरिनेछ ।

डाक्टर पौडेलका अनुसार ५ दिनसम्म अनुभवी तथा विशेषज्ञ चिकित्सकहरुले नै सेवा दिनेछन् । उपचारका लागि ०१-५२२५४७३ र ९८५११२४४७८ मा सम्पर्क गर्न सकिने मेदान्त आर्युवेद हेल्थ होमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर