बलिउडस्टारहरुको बारेमा सबैलाई चासो नै हुन्छ । उनीहरुको जिवनशैली देखी लिएर अभिनय सम्म दर्शकले ख्याल गरिरहेका हुन्छन् । फ्यानहरुले उनीहरुको सेलीब्रेटीहरुको बारेमा नेटको माध्यमबाट सबै जानकारी लिने हर संभव प्रयास गरेका हुन्छन् ।
यसै सन्दर्भमा बलिउड अभिनेता अजय देवगान यसपाली सबैभन्दा बढि सामाजिक सञ्जाल युटुबमा खोजीको सुचीमा पर्ने बलिउड सेलीब्रेटीहरुको सुचीमा परेका छन् । उनले सलमान खान, अमिताभ बच्चन, साउथ ईण्डियन हिरो अल्लु अर्जुन, थलापति बिजय लगायतलाई पछाडि छोड्दै खोजी सुचीको पहिलो नम्बरमा पुग्न सफल भएका हुन् ।
अजय गुगल ट्रेन्डको रिपोर्ट ‘मोस्ट सर्चड इन्डियन सुपरस्टार अन युट्युब’ बनेका हुन् । सन् २०२० को बितेको १२ महिनामा उनी युट्युबमा सबैभन्दा बढी खोजी गरिएका तथा रुचाइएका भारतीय सुपरस्टार बनेका हुन् । सधै अग्रस्थानमा रहने सलमान भने खोजी सुचीको दोस्रो स्थानमा झरेका छन् ।
त्यस्तै सलमान पछि सबैभन्दा बढि खोजीको सुचीमा अटेका अर्का अभिनेता हुन् साउथ ईण्डियन हिरो अल्लु अर्जुन । उनी तेस्रो नम्बरमा रहेका छन् भने चौथो स्थानमा अमिताभ बच्चन र पाँचौँ स्थानमा थलापति विजय रहेका छन् । अजय देवगन पछिल्लो समय घर खरीद पछि झन् चर्चामा आएका छन् । उनले करोडौ मुल्यको आलिसान घर खरीद गरेका छन् ।