काठमाडौं ५ भदौ । निर्वाचन आयोगले आगामी निर्वाचनको लागि सरकारसँग १० अर्ब ९८ करोड रुपैंया माग गरेको छ ।
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले सरकारसँग रकम माग गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार आयोगले बजेका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।