धरान उपमहानगरपालिकाद्वारा मिनी किसानलाई खेत जोत्ने ट्रिलर हस्तान्तरण — OSNepal

धरान उपमहानगरपालिकाद्वारा मिनी किसानलाई खेत जोत्ने ट्रिलर हस्तान्तरण

LC (KTM) June 22, 2021 0

धरान – धरान उपमहानगरपालिकाले किसानलाई खेत जोत्ने औजार हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका प्रमुख तिलक राईले आज आयोजित कार्यक्रममा धरान–२० स्थित कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसान समूहलाई दुईवटा मिनी ट्रिलर औजार प्रदान गर्नुभयो । कृषि शाखाका अधिकृत नगेन्द्र तामाङले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानलाई खेत जोत्न औजार उपलब्ध गराएको जानकारी दिनुभयो । समूहका अध्यक्ष मचिन्द्र राईले औजारले धान रोप्न सजिलो हुने बताउनुभयो ।

खाद्यान्न संकट भएका गाउँमा प्रतिघर एक बोरा चामल दाल, तेल सहयोग-खाद्यान्न संकट भोगिरहेको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ वडा नम्बर २ का लाइपुर, बाँसखोला, काफलटार, खर्च, पाञ्चलिङ, भल्टार, थरीगाउँलगायत स्थानमा आज खाद्यान्न सहयोग उपलब्ध गराइएको छ । विपन्न ६५ घरपरिवारलाई प्रतिघर एक बोरा चामल दाल, तेल, नुन, चिनी, साबुन सहयोग उपलब्ध गराइएको हो । खानेकुरा सकिएर टाँकीको मुण्टा र गिट्ठा खाएर जीवनसङ्ग संघर्ष गरिरहेका अवस्थामा खाद्यान्न वितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेर सहयोग उपलब्ध गराएको छ । बीस सहयोगीबाट संकलित रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताउनुभयो ।

जागरण मञ्चको टोलीसँगै लायन्स क्लब अफ काठमाडौँले पनि खाद्यान्नसहित लत्ताकपडा सहयोग पु¥याएको छ । विभिन्न दाताबाट प्राप्त लत्ताकपडा विपन्न परिवारका सदस्यलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो । खाद्यान्न पाएपछि चेपाङ, तामाङ र मगर समुदायका विपन्न परिवार खुशी भएका छन् । प्रायः खानेकुराको अभाव हुने सो क्षेत्रमा अनिकाल परेका अवस्थामा मानिस भोकभोकै बसिरहेको समाचार जेठ २२ गते राससमा प्रकाशन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर