काठमाडौं ५ भदौ । नेकपा एकिकृत सामाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले निर्वाचन पनि गठवन्धन नरहने संकेत गरेका छन् ।
आइतबार भैरहवा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि गठवन्धन नरहन पनि सक्ने बताएका छन् ।
‘मंसिर ४ गतेको चुनावसम्म गठबन्धन दृढतापूर्वक जान्छ ,चुनावपछि भने भन्न सकिँदैन ।’ खनालले भने ।
साथै, उनले तत्काल एमालेसँग भने एकता र चुनावी तालमेल नहुने बताए ।