काठमाडौं ८ असार । आफ्नो मन्त्री हुने धोका पुरा नभएका नेकपा एमालेका पुर्व मन्त्री रामबहादर थापा बादललाई अदालतले नराम्रो गरी फेरि एक पटक झस्काएको छ । सर्वोच्च अदालतले आज प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरी सरकारमा नियुक्त भएका २० मन्त्रीलाई समेत पद मसत्रः गरेपछि बादल बादल जस्तै भएका हुन् ।
बादलकी श्रीमती सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा आज मन्त्री भएको १३ दिनमै सिंहदरबारबाट बाहिरिएकी छन् । जेठ २७ गते सञ्चार मन्त्रीमा सपथ खाएकी थापासँगै पूर्व माओवादी कोटाबाट कृषि मन्त्री बनेकी ज्वाला कुमारी शाह पनि पलमुक्त भएलगत्तै पदबाट बाहिरिएकी छन् । थापा मन्त्री भएपछि चौतर्फी चर्को आलोचना खेपेका बादललाई अदालतले स्पब्ध बनाएको छ ।
अब मन्त्रिपरिषद्मा मात्र पाच जनाको सदस्य रहेको छ । जसमा केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानून मन्त्री लीलानाथ श्रेष्ठ रहेका छन् ।