काठमाडौं –
खेल्दै गरेकी २ वर्षीया बालिकालाई सर्पले टोकेपछि ति बालिकाले पनि सर्पलाई समातेर टोकिदिएको घटना बाहिर आएको छ । घटना हो टर्कीको बिङ्गोल नजिकै कान्तार गाउँम भएको । एनडीटीभीको समाचार अनुसार अगस्ट १० मा एक २ वर्षीया बालिका आफ्नो घरमा खेलिरहेका बेला उनलाई सर्पले टोकेपछि उनले पनि उक्त सर्पलाई टोकेर मारिदिएकी छन् ।
खेलिरको बेला अचानक बच्चा चिच्याएको सुनेर परिवारका सदस्य आएर हेर्दा बालिकाको दाँतमा म रेको सर्प भेटिएको बताइएको छ । मुखमा अड्किएको ५० सेन्टीमिटर सर्प देखेपछि परिवारका सदस्य झनै डराएका थिए । बालिकालाई सर्पले टोकपछि बालिकाको ज्यान जोगिएको बताइएको छ ।
घटनापछि परिवारका सदस्यले बालिकालाई तत्काल अस्पताल भर्ना गरेका हुन् । २४ घण्टाको उपचारपछि बालिकाको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।