रुपन्देही ५ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठवन्धन आवश्यक रहेको बताएका छन् ।
खनालले आफू अन्तिम पटक संसदीय चुनाव लड्न लागेको जानकारी दिँदै इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट चुनाव लड्ने बताए ।
आइतबार भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले यस्तो जानकारी गराएका हुन् ।
‘जनतासँगको माया पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एकपटक लड्छु ।’उनले भने ।
आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको खुलासा गरेका उनले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए ।
पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने र जित निश्चित भएको बताएका खनालले एकतामै बल हुने भएकाले एक्लो ढेडुको असफलता भएको बताए ।