विकास पूर्वाधारका नयाँ कार्यक्रम नगर्न र नगराउन निर्वाचन आयोग निर्देशन — OSNepal

विकास पूर्वाधारका नयाँ कार्यक्रम नगर्न र नगराउन निर्वाचन आयोग निर्देशन

LC (KTM) August 21, 2022 0

काठमाडौं ५ भदौ । निर्वाचन आयोगले विकास पूर्वाधारका नयाँ कार्यक्रम नगर्न निर्देशन दिएको छ । आगामी मंसिर ४ गते निर्वानचको मिति घोषणा भइसकेकोले अब विकास निमार्णका नयाँ कार्यक्रम नगर्न र नगराउन निर्देशन दिएको हो ।

आयोगले एक विज्ञप्ती नै जारी गरेर यस विषयमा जानकारी गराएको हो । ‘प्रतिनिधि र प्रदेशसभाका सदस्यको पदावधि सकिनै लागेका बेला विभिन्न प्रदेशमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, पूर्वाधार विकास कार्यक्रमलगायत विभिन्न नामका सम्बन्धित सभाबाट एकमुष्ट रूपमा बजेटमा तोकिएका कार्यक्रमहरू निर्वाचन मिति घोषणा भइसकेपछि छनोट गर्नेगरी सञ्चालन गर्न थालेको भन्ने जानकारी आएको भन्दै आयोगले विज्ञप्ती सार्वजनिक गरेको हो ।

‘योजना, कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने र समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रत्यक्ष असर पार्न सक्ने देखिएकाले विपद्, महामारीको पूर्वतयारी, कुनै विपद्को अवस्थापरी विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्ने, मानवीय सहायता प्रदान गर्नुपर्ने, महामारीको अवस्थामा सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने विषयबाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न–नगराउन तीनै तहका सरकारलाई निर्देशन गरिएको छ।’ विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर