काठमाडौं ५ भदौ । नेकपा एमालेका सांसद तथा पुर्व मन्त्री समेत रहेका डा. भीम रावलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि कटाक्ष गरेका छन् ।
हिजो शनिबार अध्यक्ष नेपालले एमालेमा गएको भए १० भाई जस्तै हरिविजोग हुने रहेन भनी टिप्पणी गरेपछि नेता रावलले जवाफ फर्काएका हुन् ।
रावलले सामाजिक सञ्जालमार्फत् १० बुँदेप्रति आफूहरू अडिग नभएको भए देशको हरिबिजोग हेरेर बस्नुपर्ने रहेछ भनेर जवाफ दिएका छन् ।
नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने, देश विदेशीको सैनिक अड्डा बनाउने, विदेशीलाई नागरिकता खोल्ने स्थित नहाउने बताएका रावलले अघि भनेका छन् ,’संविधान मिच्ने, भागबण्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछु’ ।