काठमाडौं ५ भदौ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसका सांसद पदीप गिरीको निधनका कारण आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।
अन्तिम संस्कारअघि नेता गिरीको शव श्रद्धान्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राख्ने र साँझसम्म संस्कार हुने भएकाले बैठक स्थगित गरिएको हो ।
आज बस्ने बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेत्तपा पारिएको व्यीक्तको छानविन आयोग सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।