कावासोती, ८ असार – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका बाँधमा डुबेर एक जनाको मृ त्यु भएको छ । मृत्यु हुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसूदन सिंहले डुमे्रखोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोजतलासका क्रममा आज शव भेटिएको जानकारी दिनुभयो । मृ तक ट्रकका सहचालक रहेको बताइएको छ ।
थपिए चार हजार ५२२ कोरोना सङ्क्रमित-थप चार हजार ५२२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर तथा चार हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः तीन हजार ७०३ र ८१९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख २६ हजार ३४३ र एन्टिजेन पोजेटिभ २८ हजार १२७ पुगेको छ । हालसम्म ३२ लाख ८५ हजार ५३ जनाको पिसिआर र एक लाख ५१ हजार ५९२ जनाको एन्टिजेन बिधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार हजार ९५४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या पाँच लाख ६४ हजार ८८२ पुगेको छ । कारोना निको भएको दर ९० दशमलव २ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप ४१ जनाको मृत्यु भएसँगै कुल मृतकको सङख्या आठ हजार ८१३ पुगेको छ ।मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको संख्या सात लाख ३१ हजार ६५३ पुगेको छ ।(रासस)