काठमाडौँ ८ असार । सर्वोच्च अदालतको आदेशले फेरि एक पटक नेकपा एमालको सत्तापक्षलाई धक्का पुगेको छ । आज प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् ।
अदालतको आदेशले राजनीतिलाई थप जटिल मोडमा लगेको नेता ज्ञवाली बताएका छन् ।
अदालतको निर्णय अप्रत्याशित भएको बताएका ज्ञवालीले यसले राजनीतिलाई जटिलतातिर धकेल्ने काम गर्छ । यस्ता निर्णयका विषयमा गम्भीर विचार विर्मश गर्नुपर्ने हुन्छ । हामी यस विषयमा पार्टी बैठक बसेर निर्णय गर्ने बताएका छन् ।
त्यसैगरी, जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि सर्वोच्चको निणर्यले स्तब्ध भएको छ
। अदालतको निर्णय चित्तबुझ्दो ढंगले नआएको प्रतिक्रिया दिएको ठाकुर समुहका कार्यकारिणी समिति सदस्य केशव झालेले सञ्चार माध्यमसँग कुरा गर्दै भनेका छन्, ‘अन्तरिम आदेश चित्तवुझदो ढंगले आएन, यो नै अन्तिम निर्णय होइन, आत्तिहाल्नुपर्ने अवस्था छैन । पार्टी बैठक बसेर थप निर्णय लिन्छौं’ ।