बिगबोस सिजन १४ बाट लाईटमा आएकी अभिनेत्री निक्की तम्बोली र गायक राहुल बैद्य बीच अजिवको सबन्ध बिगबोसमा देख्न पाईएको थियो । उनीहरु दुबै बीच कहिले दुश्मनी त कहिले मित्रताको नमुना हेर्न लायकको थियो ।
बिग बोस पछि यी दुबै जना खतरो के खिलाडीमा पनि सहभागि भएका छन् । एक अन्र्तबार्ताका क्रममा निक्किले आफु र राहुल बैद्यबीचको सम्बन्धको बारेमा खुलासा गरेकी छिन् ।
राहूल संगको सम्बन्धका बारेमा निक्किले यस्तो गरिन् खुलासा :
इटाइम्स टिभी संग कुरा गर्दै निक्की तम्बोलीले गायक राहुल बैद्य अब आफ्नो मिल्ने साथी बनेको प्रतिक्रिया दिएकी छिन् । उनले आफुहरुबीचको तिक्तता समेत सबै भुलिदिएकी छिन् । निक्किले भनिन्– मेरो राहुल बैद्य संग बोन्डिङ एकपटक फेरी राम्रो भएको छ । खतरो के खिलाडी सिजन ११ मा राहुलले राम्रो गरिरहेको छ ।
हाम्रो सधै राम्रै सम्बन्ध रहेको थियो तर पनि कहिलेकाही झगडा हुन्थ्यो । किनकी बिगबोस हाउसमा परिस्थिती नै त्यस्तै हुन्छ । उनले आफुहरु बिच मनमा त्यस्तो गलत कहिल्यै पनि नभएको दाबी गरिन् । उनले राहुल आफ्नो एकदमै नजिकको मिल्ने साथी भएको प्रतिक्रिया दिएकी छिन् ।