सलमान खानको घमण्ड तोड्न भन्दै यी चर्चित निर्देशकले सलमानको जुत्तामा नै पिसाब फेरिदिए पछि — OSNepal

सलमान खानको घमण्ड तोड्न भन्दै यी चर्चित निर्देशकले सलमानको जुत्तामा नै पिसाब फेरिदिए पछि

LC (KTM) August 20, 2022 0

एजेन्सी :

सलमान खान बलिउडका सफल अभिनेता हुन् । उनका हरेक फिल्म निकै हिट साबित हुन्छन् । यससँगै सलमान खानले पनि इन्डस्ट्रीमा निकै सम्मान पाउने गरेका छन् । भनिन्छ, उनले केही भने उनको कुरालाई उद्योगमा कसैले टाल्न सक्दैन । यो सँगै सलमान खान फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण प्रायः हेडलाइनमा रहन्छन ।

सलमान खानलाई छिट्टै रिस उठ्छ र उनको रिसले सबैलाई हल्लाउने गरेका छन् । बलिउडमा दबंग भाइजानको रिसका यस्ता धेरै किस्सा छन् । यस्तै एउटा आक्रोशित घटना निर्देशक सुभाष घईसँग पनि भएको छ । उल्लेखनीय कुरा के छ भने, सलमान खानलाई ऐश्वर्या रायसँग निकै समस्या थियो । यो कुरा सन् २००२ को आसपासको हो ।

त्यसबेला ऐश्वर्या रायले आफ्ना बुवासँग गएर सलमान खानमाथि धेरै आरोप लगाएकी थिइन् । जब सलमानलाई यी आरोपबारे सोधिएको थियो । उनले भनेका थिए,– यदि म भावुक भएँ भने म आफैलाई हानि गर्छु । मैले धेरै पटक भित्तामा टाउको ठोकेको छु । म आफैलाई हानि गर्छु, म अरू कसैलाई चोट पुर्याउन सक्दिन । यस अन्तर्वार्तामा सलमान खानले आफूले अहिले सम्म कसैमाथि हात नउठाएको स्वीकार गरेका थिए । एक पटक भने निर्देशक सुभाष घईको गालाले सलमानको हातको स्वाद लिएको थियो।

तर, सलमान खानले सोही अन्तर्वार्तामा यो काम गरेपछि भोलिपल्ट सुभाष घईको घर गएर माफी मागेको पनि बताएका छन् । सलमान खानले त्यो पूरै घटनाको उल्लेख गर्दै यस्तो अवस्था आएको भन्दै सुभाष घईमाथि हात उठाउनुपरेको बताए । घटनाको बारेमा बताउँदै सलमानले भने– कहिलेकाहीँ तपार्इं आफ्नो सन्तुलन गुमाउनुहुन्छ ।

त्यो मानिसले मलाई चम्चाले हिर्कायो , मेरो अनुहार नजिकको प्लेट भाँच्यो, मेरो जुत्तामा पिसाब हाल्यो र मलाई घाँटीमा समात्यो । मैले आफूलाई नियन्त्रण गर्न सकिन । त्यसपछि के भयो भयो। भोलिपल्ट मैले नि माफी माग्नुपर्ने भयो । यसबारे कुरा गर्दै सुभाष घईले पनि भनेका छन्,– भोलिपल्ट मलाई सलीम खान साहबको फोन आयो र उनले सलमानको यो कामको लागि मसँग माफी मागे र केही समयमै सलमानलाई मेरो घर पठाए ।

सुभाष घईले त्यसपछि सँगै काम गरेनन् । तर, सन् २००८ मा आएको फिल्म युवराजमा दुवै फेरि एक अर्कासँग देखिएका थिए । यो फिल्ममा सलमान मुख्य भूमिकामा थिए भने सुभाष घईले निर्देशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर