स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैंयासहित एक जना पक्राउ — OSNepal

स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैंयासहित एक जना पक्राउ

LC (KTM) June 22, 2021 0

काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका ९ स्थित विग्ही नदीको पुलबाट स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैंयासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका १ का ३८ वर्षीय संजयकुमार साह रहेको प्रहरीले जनाएको छ ।

टिभिएस कम्पनीको अनटेस्ट मोटरसाइकमा चढेर मटिहानीबाट जनकपुर जाँदै गर्दा उनीमाथि शंका लागेपछि प्रहरीले जाचँ गर्दा स्रोत नखुलेको पैसा बरामत भएको छ । पक्राउ परेका साहमाथि थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर