काठमाडौं –
अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को शुक्रबार चितवनमा शुभमुहुर्त गरिएको छ। आज कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको मुहुर्तसंगै छायांकन सुरु गरिएको हो। फिल्ममा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिका रहने छ ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन। हरियो ज्याकेटमा अनमोलले कालो गलबन्दी बाँधेका छन्। अर्का कलाकार कमलमणिलाई सेतो पहिरणमा देख्न सकिन्छ।
छायांकन सेटबाट बाहिरिएको तस्बिरमा अनमोल जाडोको लुगामा देखिएका छन् । फिल्ममा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी छ।फिल्म चितवनपछि मुस्ताङमा खिचिनेछ।