काठमाडौं ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन अघि बाबुराम भट्टराईसँग एकता सम्भव नभएको बताएका छन् ।
शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले एउटै चुनाव चिन्ह्रबाट चुनाव लड्ने सहमति भएपनि पार्टी एकता नहुने स्पष्ट पारेका
हुन् ।
बाबुराम र आफु फेरि एकै ठाउँमा उभिएकाले गोरखाको लागि यो विशषे महत्वको कुरा भएको भन्दै प्रचण्डले पत्रकारहरले बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उठाउने हो भन्ने प्रश्नमा को कहाँबाट उठ्ने विषयमा नटुंग्गिएको बताए ।
साथै एकिकृत समाजवादी पार्टीसँग समायोजनका लागि समिति बनाउने तयारी भइरहेको पनि अध्यक्ष प्रचण्डले सो कार्यक्रममा जानकारी दिए ।