खुशीको खबर , नेपालमा आज करिब ५ हजारले जिते कोरोना — OSNepal

खुशीको खबर , नेपालमा आज करिब ५ हजारले जिते कोरोना

LC (KTM) June 22, 2021 0

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बाग्लुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ ।

त्यस्तै सोही अबधीमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । नेपालमा निको हुने दर ९०।२ प्रतिशत रहेको छ । त्यस्तै सोही अबधीमा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर