काठमाडौं ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले निर्वाचन मुखैमा आएको भन्दै युवाहरुले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताएका छन् ।
शुक्रबार आयोजित युवा संगठन वाईसीयलको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन दिएका हुन् ।
परिर्वतनको पक्षलाई विजयी गराउन केन्द्रित भएर लाग्न निर्देशन दिएका प्रचण्डले पार्टीमा युवाहरुको प्रति निधित्व कम्तिमा २० प्रतिशत हुनुपर्ने वैधानिक व्यवस्था गरेको बताए ।
‘युवाहरुको बाहुल्य हुँदै गएको छ केन्द्रीय समितिमा । अर्को कुरा चुनावी महासंग्राम आएको छ । युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । अर्जुनदृष्टि परिवर्तनको पक्षलाई बिजयी बनाउन केन्द्रित भएर लाग्नुहुनेछ । ’
अब युवाहरु रिल्याक्स गर्ने स्थानमा नरहेको बताएका प्रचण्डले परिर्वतन विरोधीलाई परास्त गर्न आवश्यक रहेको बताए ।
‘म विशेषरुरुपमा तपाईं युवाहरुलाई अपिल गर्न चाहन्छु । हामी २१ औं शताब्दीको समाजवादी क्रान्तिको चरणमा छौं । क्रान्ति विकसित र परिमार्जित हुनसक्छ । बामपन्थीहरुलाई एकताबद्ध गर्न र कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाई समाजवादको यात्रामा अघि बढ्ने गरी छलफल चलाएका छौं ।’