सेलिब्रिटीको चमकधमक सहित प्रिमियर आयोजना गर्ने रेडकार्पेट प्रिमियरको विरुद्ध भन्दै जुम्लामा प्रिमियर गरिदै प्रकाश — OSNepal

सेलिब्रिटीको चमकधमक सहित प्रिमियर आयोजना गर्ने रेडकार्पेट प्रिमियरको विरुद्ध भन्दै जुम्लामा प्रिमियर गरिदै प्रकाश

LC (KTM) August 19, 2022 0

काठमाडौं :

फिल्म ‘प्रकाश’ले जुम्लामा प्रिमियर गर्ने भएको छ । छायांकन भएकै थलोमा आइतबार जुम्लाको तिर्खु गाउँस्थित मोक्ष माध्यमिक विद्यालयमा प्रिमियर हुने भएको हो । विश्व प्रिमियरको लागि पटकथाकार विकास सुवेदीसहितको टोली त्यसतर्फ जाने भएको छ ।

कमाइबाट प्राप्त हुने केही हिस्सा स्कुललाई प्रदान गरिने निर्देशक दिनेश राउतले बताए ।मल्टिप्लेक्समा सेलिब्रिटीको चमकधमकसहित प्रिमियर आयोजना गर्ने रेडकार्पेट प्रिमियरको ट्रेन्ड विपरीत ‘प्रकाश’ले भने छायांकन भएकै थलो जुम्ला ररोजेको हो ।

प्रिमियरमा फिल्म हेर्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी र पेसा व्यवसायमा आवद्ध व्यक्तिलाई गरिसकिएको बताइएको छ ।फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । यस अघि फिल्मको टिजर सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर