काठमाडौं :
अभिनेता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठको मूख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’को प्रिमियर सम्पन्न भएको छ ।
बुधबार राजधानीको गोपीकृष्ण मल्टिप्लेक्समा फिल्म ‘माइकल अधिकारी’को प्रिमियरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापासम्मले फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।
रञ्जित रौनियार निर्देशित फिल्मले सरोगेसीको विषयवस्तु पेश गरिरहँदा सौगातसँगै सृष्टिको भूमिकाको धेरैले तारिफ गरेका छन् ।
यही शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन ालगेको फिल्म हेरेपछि नायिका रेखाले सृष्टिको प्रशंसा गर्दै तिमी मेरो लागि सुपरस्टार हौ भन्न भ्याइन् ।
मिस नेपाल भएदेखि नै आफू सृष्टिको ठूलो फ्यान भएको बताउँदै रेखाले सृष्टिको ‘माइकल अधिकारी हेरेर झन् ठूलो फ्यान भएको बताइन् । उनले भनिन् तिमीले मलाई तीनपटक रुवायौ । तिमीले मलाई र्याक गर्छौ भनेर आँसु नदेखाएकी मात्र हुँ ।