एक्कासी किन चिसियो रेखा र पूजाको सम्बन्ध ? के यी दुईबिच बोलचाल नै बन्द भएको हो ? — OSNepal

एक्कासी किन चिसियो रेखा र पूजाको सम्बन्ध ? के यी दुईबिच बोलचाल नै बन्द भएको हो ?

LC (KTM) August 19, 2022 0

काठमाडौँ । नायिका रेखा थापा र पूजा शर्माले सहकार्य गरेर एउटै फिल्ममा काम गर्ने तयारी कहाँ पुग्यो ?एक सकय एकसाथ सहकार्य गरेर अगाडी बढ्ने भनेका नायिकाद्धय रेखा र पूजाको सहकार्य रोकिएको सेतले जनाएको छ ।

स्रोतका अनुसार अब यी दुई नायिकाबीच सहकार्य नहुने निश्चित देखिएको छ। एक्सन अवतारमा देखा परेर फिल्ममा काम गरिरहेकी रेखाले लभ स्टोरी फिल्ममा रुचाइएकी पूजालाई पनि एक्सन अवतारमा प्रस्तुत गर्ने सोच बनाएपनि अन्तिम समयमा आएर यी दुईको सहकार्य रोकिएको बताइन्छ ।

यी दुई नायिकाले फिल्मको स्क्रिप्ट राइटरसमेत खोजिसकेको र कथा लेखनको काम समेत सुरु गरिसकेको अवस्थामा सहकार्य रोकिएको हो ।रेखासँगको सहकार्य तोडेर पूजाले आफ्नो नयाँ फिल्मका लागि अनमोल केसीसँग सम्झौता गरिसेकेकी छन्। पूजाले सहकार्य तोडेपछि यी दुई सुन्दरीबिचको सम्बन्ध चिसिएको फिल्म षेत्रका पण्डितहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर