ओलीलाई एक पछि अर्को गर्दै सर्वोच्चले दियो झड्का, ओलीसहित चार सांसदलाई अदालत उपस्थित हुन दियो आदेश — OSNepal

ओलीलाई एक पछि अर्को गर्दै सर्वोच्चले दियो झड्का, ओलीसहित चार सांसदलाई अदालत उपस्थित हुन दियो आदेश

LC (KTM) June 22, 2021 0

काठमाडौँ ८ असार । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपा एमालेका कर्णाली प्रदेशका ४ सांसदलाई सर्वोच्च अदालत उपस्थित हुन आदेश जारी गरेको छ । सर्वोच्च अदालतको निणर्यविरुद्ध ओलीले पुनरावलोकन (भ्याकेट) दर्ता गरेकाले ओली सहित ४ सांसदलाई जवाफसहित उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो ।

आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले यस्तो निणर्य गरेको हो । एमालेमा अहिले केन्द्रिय कमिटि नभएकाले कारवाही गर्न नमिल्ले आदेशमा उल्लेख गरिएपनि एमालेले पार्टीले दर्ता गराएको भ्याकेटमा भने महाधिवेशन आयोजक कमिटी नै केन्द्रीय कमिटीले बनाएकाले संसदीय व्यवस्थामा दलको ह्वीप उल्लंघन गर्दा पार्टीले कारवाही गर्न सक्ने उल्लेख गरिएको थियो ।

सर्वोच्चले एमाले दशौँ महाधिवेशन आयोजक कमिटीले कर्णालीका ४ सांसदमाथि गरेको कारबाही अवैध भन्दै पुनर्वहाली गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर