काठमाडौं २ भदौ । संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको कार्यसुचीमा नागरिकता विधेयक पनि परेको छ ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित भएको विधेयकलाई पनि फिर्ता पठाएपछि गठवन्धन सरकाले पनि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै संसदमा पारित गर्ने भएको छ ।
त्यस्तै आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठमा पनि नेकपा एमालेले नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेको थियो ।
संसद बैठक सुरु भएको छ ।