एउटै बाइकमा हुइँकिदै हिडेका तिन जना अवैध लागूऔषधसहित पक्राउ — OSNepal

एउटै बाइकमा हुइँकिदै हिडेका तिन जना अवैध लागूऔषधसहित पक्राउ

LC (KTM) June 22, 2021 0

मोरङ ८ असार । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३ जनालाई प्ररहीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका ७ बस्ने ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने २० वर्षीय महेश चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् ।

प्रदेश नम्बर १।०२।०४५ प ३९७३ नम्बरको मोटरसाइकलामा आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर