काठमाडौं २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीमा व्यक्ति बादी हावी भएको बताएका छन् ।
पार्टी स्वार्थ समूह बनाउने तिर लागेको भन्दै अध्यक्ष प्रचण्डले आफुहरु क्रान्तिकारी नभएको बताए ।
बिहिबार रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले पार्टी मा व्यक्ति बादी चरित्र हाबी हुन थालेको बताएका हुन् ।
‘त्यो बेला सानो थियो, निष्ठावान् थियो । तर, अहिले हाम्रो पार्टी धेरै बिग्रेको छ । हामी क्रान्तिकारी छैनौँ । हामी व्यक्ति बादी भएका छौँ आत्मकेन्द्रीत भएका छौँ प्रचण्डले भने ।
पार्टीको दस्ताबेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको प्रचण्डले स्विकार गरे ।